प्रभात होटलका घरधनीले गरे ३ महिनाको घरभाडा मिनाह

२४ असार २०७७, बुधबार २३:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको त्रासका कारण आव्हान गरिएको लकडाउनको कारण बन्द रहेको व्यावसाय पुन सुचारु गर्नको लागि घरभेटीले उदार भावले घरभाडा मिनाह गरेका छन् ।

लकडाउनले तहस नहस भएको पर्यंटन ब्याबसायलाई सुचारु गर्नको लागि केही मनकारी घरबेटीबाट घर भाडा छुट गरी व्यावसायीलाई पुनः व्यवसाय सञ्चालनको लागि प्रोत्साहन गरेका छन् ।

यसक्रममा नेपालगञ्जको बीपि चोकमा रहेको होटल प्रभात रहेको घरका घरभेटी हाजी मोहम्मद युनुस राईले लकडाउन अवधीमा ३ महिनाको घरभाडा छुट गर्दै प्रभात होटल पुनः सञ्चानको लागि प्रोत्साहन गरेका हुन ।


घरघनी राईले होटेल ब्याबसायी संघ बाँकेको कार्यलयमा पुगेर होटेल प्रभात बिपिचोकका प्रोपराईटर राजकुमार बिक र गजेन्द्र थापालाई ३ महिनाको घरभाडा ३ लाख ५० हजार पुर्ण रुपमा छुट गरिदिएको संघका प्रवक्ता डिलाराम पौडेलले जानकारी दिए ।

उनले सहज बाताबरण नहुदासम्म आपसी समझदारीमा घरभाडा तय गर्ने समेत प्रतिबद्धता जनाएको बताए । घरभेटी राईलाइ संघका अध्यक्ष भिमलाल कंडेलले विषम परिस्थितिमा घरभाडा मिनाह गरेर होटल व्यवसाय सञ्चालनको लागि हौषला प्रदान गरेको भन्दै उनको सरहाना गर्दै अन्य घरधनीलाई पनि स्वस्फूर्त घोषणा गरी व्यवसाय सञ्चालनको बाताबरण बनाई दिन आग्रह गरे ।

Next Post

नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा सुरु गरिदै

२४ असार २०७७, बुधबार २३:५०
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा रहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सुरु गरिने भएको छ । पाँच नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सर्पदंशको उपचारमा आवश्यक पर्ने उपकरण सोही क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कृष्णा केसी नमुनाको पहलमा उपकरण उपलब्ध गराएपछि सो संभव भएको हो । लामो समयको अन्तरालपछि […]