२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

सिकाइ सहजीकरण कार्यशाला खजुरामा



खजुरा (बाँके) : कोभिडका कारण वैकल्पिक शिक्षाका विभिन्न माध्यम प्रयोग गर्दै आएको खजुराले विद्यार्थी सिकाइ सहजीकरण कार्यशाला आयोजना गरेको छ । खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रश्नपत्र निर्माण, गृहकार्य र कार्यसञ्चालन सम्बन्धि कार्यशाला सम्पन्न गरेको हो ।

यो शैक्षिकसत्रको विदा काटेर हुने १०० दिनको योजना बनाउदै मंसिर ४ गतेसम्म प्रश्नपत्र निर्माण, १५ गतेदेखि वितरण र साप्ताहिकरूपमा अनुगमन र मूल्यांकन गरिने शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए । यो शैक्षिकसत्रको चैत १५ गतेसम्म खजुरा गाउँपालिका क्षेत्रभित्रका माबी, आधारभूत र प्रावी सबै तहको परीक्षा सम्पन्न गरिने जनाएको छ ।

खजुरा गाउँपालिक प्रमुख तथा शिक्षा समिति संयोजक किस्मत कुमार कक्षपतिले उदघाटन गरेको सिकाइ कार्यशालामा शिक्षा समिति सदस्य एवं ज्ञानोदय माबिका प्रधानाध्यापक ऋषिराम सापकोटा, मावी शिक्षक यमनारायण महतो, गगन खड्का, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र प्राविधिक सहायक निर्मल रेग्मीले सहजीकरण गरेका थिए ।

कार्यशालामा माबी, ३५, आधारभूत ३९ र प्रावी तहका ७८ जना शिक्षकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ कात्तिक २८ गते शुक्रबार
ताजा समाचार