२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

नेपालगञ्ज म्याराथन मंसीर ६ गते हुने



नेपालगञ्ज : नेपालगञ्ज म्याराथन मंसीर ६ गते हुने भएको छ । कोभिड–१९ का कारण ८ महिनादेखि खेलकुद ठप्प रहेको समयमा नेपालगञ्ज म्याराथनको छैठौं संस्करण मंसीर ६ गते हुने भएको हो ।

आइतवार नेपालगञ्जमा गरिएको पत्रकार सम्मेलनमाा आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले देशको परिस्थिती चुनौतीपूण रहेपनि नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिने बताए ।

नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रीयकरण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । टाइटल स्पोन्सर केएल दुग्गड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिँदै प्रायोजन रकम बढाउँदै लैजाने बताए ।

सहप्रायोजक आशिर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्कीले सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार
ताजा समाचार