दाङका एक संक्रमितको कोहलपुरमा मृत्यु

सदरलाइन संवाददाता ११ मंसिर २०७७, बिहीबार १७:०२
 

नेपालगञ्ज : दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ का ४२ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीवार विहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आए पश्चात् मंसिर २ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । मंसिर ३ गते उनमा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


विरामीकोे रोगको प्रकृति अनुसार उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको श्रेष्ठले बताए । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Next Post

भेरीको परीक्षणमा ४२ संक्रमित थपिए

११ मंसिर २०७७, बिहीबार १७:०२
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १४ सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको नमुना परीक्षण गर्दा बाँकेका १४ सहित ४२ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म प्राप्त ४९ हजार ३ सय ५९ जनाको नमुना परीक्षण गर्दा ४ […]