सञ्जुलाई अन्तिम श्रद्धाञ्जली

सदरलाइन संवाददाता २७ बैशाख २०७९, मंगलवार १८:३२
 

नेपालगञ्ज : १३ औँ सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले आज मङ्गलवार अन्तिम श्रद्धाञ्जली दिएको छ ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदमा परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चौधरीलाई फूलमाला तथा अबिरबाट श्रद्धाञ्जली अर्पण गरे । यस्तै राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट, कर्मचारी, खेलाडी तथा खेलकर्मीले चौधरीको शवमा अबिर तथा फूलमालाले श्रद्धाञ्जली अर्पण गरे ।


बाँके आदर्श टोलकी चौधरीको शव आजै उनको जन्म घर बर्दिया लगिएको छ । ललितपुरको लुभुमा आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्जुको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखेपको परिसरमा राखिएको थियो । १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सञ्जुको प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको छ ।

१९ औँ एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन उनी काठमाण्डौ आएकी थिइन् । एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् । सञ्जुले १३ औँ सागमा महिला ५९ केजी तौल समूहमा श्रीलङ्काका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले नेपालगञ्जमा उम्मेदवारसहित शक्ति प्रदर्शन

२७ बैशाख २०७९, मंगलवार १८:३२
नेपालगञ्ज :  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधी सुरु हुने केही घण्टा अगाडि नेपालगञ्जमा एमालेले मेयर उपमेयरका उम्मेदवार, वडा अध्यक्ष, सदस्यका उम्मेदवार सहित शक्ति प्रदर्शन गरेको छ । मेयरका उम्मेदवार पशुपति दयाल मिश्र, उपमेयरका उम्मेदवार शान्ति ढकाललगायत विभिन्न वडाका वडा अध्यक्ष, सदस्यसहभागि भएको सो कार्यक्रम नेपालगञ्जको […]

सम्बन्धित