भेरीको परीक्षणमा ४२ संक्रमित थपिए

सदरलाइन संवाददाता ११ मंसिर २०७७, बिहीबार १७:३१
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १४ सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको नमुना परीक्षण गर्दा बाँकेका १४ सहित ४२ जनामा कोरोना पुष्टि भएको हो ।


हालसम्म प्राप्त ४९ हजार ३ सय ५९ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय २५ जनामा संक्रमण भेटिएको अस्पतालले बिहीवार जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमणबाट बाँकेमा ३८ जनाको मृत्यु भइसकेको छ ।

Next Post

तुफानका कारण भारतमा पाँच जनाको मृत्यु

११ मंसिर २०७७, बिहीबार १७:३१
काठमाण्डौ : भारतमा निवार नामक तुफानका कारण पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सयभन्दा बढी घरमा क्षति पुगेको छ । अहिले तुफान कमजोर भएको तर तुफानको प्रभाव कायमै रहेको त्यहाँको गृहमन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट […]

सम्बन्धित