ईद मनाउँदा सामाजिक दुरी कायम गरी मनाऔं : मुख्यमन्त्री पोखरेल

१२ जेष्ठ २०७७, सोमबार १३:१९
 

सदरलाइनडटकम, 
बुटवल  : पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीको महान पर्व ईद उल फित्र (ईद)को अवसरमा समस्त स्वदेश तथा विदेशमा रहेका इस्लाम समुदायलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देश दिदै नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो, यसमा विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएको कुरामा जोड दिदै ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ सन्देशमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको बताए । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेकोे उनको भनाई थियो ।

संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ । संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।


मुख्यमन्त्री पोखरेलद्वारा प्रेसित सन्देशमा यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेको बताए । राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले कोभिड —१९ को जोखिम न्युनिकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नागरिकको साथ आवश्यक पर्छ । लडकडाउनको पालना गरी कोरोना विरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय छ । लकडाउनका कारण नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, तर लकडाउनकै कारण कोरोना जोखिम न्युनिकरणमा बल पुगेको उल्लेख गरेका छन् ।

उनले यो कठीन समयमा कोही नागरिक भोक भोकै बस्न पर्ने अवस्था आउने छैन् । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ । अब राहत पाउनुपर्ने वर्गलाई श्रमयुक्त रोजगारी दिने गरी काम अघि बढाइएको छ ।

मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा कोरोना विरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । ईद पर्व मनाउँदा पनि सामाजिक दुरी कायम गरी मनाउनु हुन हार्दिक अपील गर्दछु भनिएको छ । कोभिड—१९ नियन्त्रण र उपचारमा चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका योद्धा हुन् । कोभिड —१९ को नियन्त्रण र उपचारमा खटिनुभएका सबै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु सन्देशमा भनिएको छ ।

Next Post

भारतले दुई महिनापछि शुरु गर्यो आन्तरिक उडान

१२ जेष्ठ २०७७, सोमबार १३:१९
सदरलाइनडटकम, काठमाण्डौ : दुई महिनापछि भारतमा सोमवारदेखि घरेलु उडान शुरु भएका छन् । दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बिहान ४ बजेर ४५ मिनेटमा पुणेका लागि सबैभन्दा पहिलो फ्लाइट प्रस्थान गरेको थियो । विमानका सबै यात्रुहरुको एयरपोर्टमा स्क्रिनिङ गरिएको थियो । एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई किट लगाएका देखिन्थे। यात्रुहरुले पनि सुरक्षाका लागि […]