देशभर थपिए साढे तीन हजार संक्रमित

सदरलाइन संवाददाता १४ कार्तिक २०७७, शुक्रबार १६:५६
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६८ हजार ६ सय ३५ पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रवार देशभर ४ हजार ९६ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २८ हजार ९ सय ५८ छ ।


त्यस्तै, पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ९ सय २० पुगेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा १४ हजार ९८९ नमुना परीक्षण भएको छ । योसँगै हालसम्म देशभर १४ लाख ३४ हजार ५३ पिसिआर परीक्षण गरिएको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

Next Post

भारतमा एक दलित प्रधानका पतिलाई जिउँदै जलाइयो

१४ कार्तिक २०७७, शुक्रबार १६:५६
काठमाण्डौ : भारतको उत्तर प्रदेशमा एउटा स्तब्ध पार्ने घटना भएको छ । अमेठीका दलित प्रधानका पतिलाई बिहीवार राति अपहरण गरी जिउँदै जलाइएको छ । राति उनी आधा जलिएको अवस्थामा फेला परेका थिए । लखनऊको ट्रमा सेन्टर लैजाँदै गर्दा उनको मृत्यु भएको छ । हाल उक्त गाउँमा त्रास फैलिएको छ भने […]