अन्तरमावि फुटवल : मुनतारा, सगरमाथा र जिभिएन विजयी

३० बैशाख २०७५, आईतवार २०:०५
 

सदरलाइनडटकम  
३० बैशाख, नेपालगन्ज  : अन्तर विद्यालय मेयरकप छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत यु–१४ तर्फ आईतबार भएका खेलहरुमा मुनतारा, सगरमाथा र जिभिएन विजयी भएका छन् ।
आईतबार भएको पहिलो खेलमा मुनतारा बोर्डिङ स्कुलले प्रोटेस्टका आधारमा स्प्रिङडेललाई पराजीत गरेको हो ।
निर्धारित समयमा स्प्रिङडेलले तीन–दुई गोल अन्तर बनाए पनि टीममा (स्प्रिङडेलले) उमेर समूहभन्दा माथिको खेलाडी सिद्धान्त क्षेत्रीलाई खेलाएको प्रमाणित भएपछि मुनतारालाई विजयी घोषणा गरिएको हो ।
यु–१४ तर्फकै दोस्रो खेलमा सगरमाथा स्कुल विजयी भएको छ । सगरमाथाले दीपज्योती विद्याश्रमलाई दुई–सून्य गोल अन्तरले पराजीत गरेको हो । सगरमाथाका लागि दुवै गोल सन्तोष महताराले गरेका थिए ।
त्यस्तै यु–१८ तर्फ पहिलो खेलमा जीभीएन कलेजले भु.पु सैनिक स्कुललाई दुईका बिरुद्ध तीन गोलले हराएको छ । जीभीएनका लागि विशाल थापा, समीर चौधरी र आदित्य खड्काले एक–एक गोल गरेका थिए भने भुपु सैनिकका रुपेश थापा र मनिस थापाले एक–एक गोल गरे ।
यता १८ बर्षमुनिको दोस्रो खेलमा जीभीएन कलेजले दीपज्योतीलाई पराजीत गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट कुनै पनि गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो । जहाँ जीभीएनले दुईका विरुद्ध तीन गोलले जीत हासिल ग¥यो ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनि ब्वायज तथा १६ बर्ष मुनिको गर्ल्स गरि ३ वटा विधामा प्रतिस्पर्धा भई रहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् ।
यु–१४ ब्वायजमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ ब्वायज टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । त्यसै गरि यु–१६ गर्ल्समा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।

Next Post

लोडसेडिङ मुक्त भनिएकै दिन नेपालगन्जमा घण्टौ गयो बिद्युत

३० बैशाख २०७५, आईतवार २०:०५
सदरलाइनडटकम ३१ बैशाख, नेपालगन्ज :  १५ वर्षपछि नेपाल लोडसेडिङ मुक्त भएको भनिएका बेला सोमबार नेपालगन्जमा भने दर्जनौ पटक बिद्युत काटियो । देशभर लोडसेडिङ मुक्त गरिएको भने पनि नेपालगन्जमा नियमित बिद्युत अवरुद्ध भएपछि धेरैले यसलाई ‘मजाक’ ठानेका छन् । सामाजिक सन्जालमा नेपालगन्जका पत्रकार जयनारायण शाहले भने,—‘ लोडसेडिङ मुक्त देश भनिएका बेला […]