एपिएफ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा

सदरलाइन संवाददाता ८ बैशाख २०८२, सोमबार २०:२१
 

नेपालगञ्ज : कर्णाली प्रदेश प्रदेश फुटबल संघविरुद्ध ६-० को एकतर्फी जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बाँकेको नेपालगञ्ज एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटे, गीता राना, अनिता केसी र सविता रानामगरले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलमा रेनुका नगरकोटे ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले भने एपिएफको लागि डेब्यू गरिन् । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् ।

खेलको १८औं मिनेटमा कर्णालीकी टिना रावतबाट आत्मघाती गोल हुन पुग्दा एपिएफले  अग्रता लिएको थियो । सविताको प्रहार टिनालाई लाग्दै गोल भएको थियो  । रेनुकाले ३५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । अनिताले दुई मिनेटपछि नै गोल गर्दा एपिएफ ३-० ले अगाडि बढ्यो । गीताले ५०औं मिनेटमा एपिएफले एपिएफका लागि चौथो गोल गरिन् ।


एक मिनेटपछि नै रश्मीकुमारीले टोलीलाई ५-० को अग्रता दिलाइन् । सविताले ५५औं मिनेटमा गोल गर्दा एपिएफले ६-० को सानदार जित दर्ता गर्यो ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार एपिएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु

८ बैशाख २०८२, सोमबार २०:२१
नेपालगञ्ज  : भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए । उनका अनुसार अबदेखि भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा नियमित प्रदान गरिनेछ । सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा […]

सम्बन्धित