बाँकेमा शनिवार ३५ जना कोरोनामुक्त

सदरलाइन संवाददाता २२ कार्तिक २०७७, शनिबार ०९:२३
 

नेपालगञ्ज : बाँकेमा शनिवार ३५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १९ पुरुष र १६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


हालसम्म ३ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९० दशमलव ५९ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ७९ र अन्य जिल्लाका २३ गरी ३ सय २ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

अमेरिकाको जर्जियामा फेरि मतगणना हुने

२२ कार्तिक २०७७, शनिबार ०९:२३
काठमाण्डौ : अमेरिकी राष्ट्रपति चुनावअन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरिमतगणना हुने घोषणा गरेका हुन् । जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक हजारभन्दा कम मतको अग्रता कायम गरेका छन् । झिनो मतान्तरले निर्णय भएका ठाउँमा फेरि मतगणना हुने गरेको […]

सम्बन्धित