एकल महिलाको आयआर्जनका लागि बाँके युनेस्कोद्वारा दुई लाख सहयोग

१५ श्रावण २०७७, बिहीबार २२:२३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका की एक एकल महिलालाई आयआर्जनका लागि बाँके युनेस्को क्लबले आर्थिक सहयोग गरेको छ । क्लवले ती महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपियाँ सहयोग गरेको हो ।

कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयआर्जनका लागि व्यवसायिक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई दुई लाख रुपियाँको सहयोग गरेर किराना तथा नास्ता पसल खोल्न सहयोग गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

उनले एकल महिलाको आय आर्जनसंगै आर्थिक उन्नतीका लागि सो पसल सञ्चालन गराईएको बताए । सो पसलको उदघाटन विहिबार खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम र क्लबका संरक्षक सिद्दिकी तथा अध्यक्ष राजेन्द्र चौधरीले संयुक्त रुपमा गरेका हुन ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष गौतमले आर्थिक रुपमा अतिनै समस्यामा परेकी खनाललाई क्लबले वडाको गरेको सहयोग निकै सराहनीय रहेको जनाउँदै यसबाट उनको परिवारको आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने बताए । उनले आफ्नो वडामा सहयोग गरेकोमा कतार च्यारेटी र क्लब दुबैप्रति आभार व्यक्त गरे ।


यसैगरि क्लबका अध्यक्ष चौधरीले खनाल जस्तै अतिनै आर्थिक समस्यामा परेकाहरुका लागि आयआर्जनका लागि व्यवसायीक परियोजना सञ्चालन गरिएको जनाउँदै सहयोगको सदुपयोग गरेर व्यवसाय बढाउँदै लैजान आग्रह गरे ।

सोही प्रकारले बागेश्वरी बहुउदेश्यीय कृषि बजार सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला न्यौपानेले सहाराविहिन एकल महिलाको लागि गरिएको यो सहयोग अतिनै ठुलो र महत्वपूर्ण रहेको बताईन ।

सो अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, वित्त तथा प्रशासन प्रमुख वेद पंगाली र सदस्य फरमान अली सिद्दिकी लगायतको पनि उपस्थिति रहेको थियो ।
कतार च्यारेटीको सहयोगमा क्लबले बाँकेमा जिविकोपार्जनका लागि बाख्रा पालन, र जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरा पालन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

Next Post

कोरोनाविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

१५ श्रावण २०७७, बिहीबार २२:२३
सदरलाइनडटकम, नेपालगञ्ज : समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उप–महानगरपालिकाले उच्च सावधानी अपनाएको छ । कार्यालयको मुख्य प्रवेशद्वारमा हात धुने ब्यवस्था गरिएको छ । दुईजना स्वास्थ्यकर्मीले कार्यालयमा प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो स्क्यान गरिरहेको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए । सेवाग्राहीका लागि मुख्य प्रवेशद्धारमै सेनिटाईजरको समेत व्यवस्था गरिएको […]