दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु

सदरलाइन संवाददाता १४ बैशाख २०८०, बिहीबार १२:४०
 

दाङ : दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा न १ स्युजामा बिहीबार बिहान ९ बजे ५५ वर्षीया श्रीमती केशरादेवी दमाइको बन्चरो प्रहारबाट ६२ वर्षीय श्रीमान् रेशम दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।


गौतमका अनुसार घरायसी विवादका कारण श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको हो । बन्चरो प्रहार गर्ने श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुने

१४ बैशाख २०८०, बिहीबार १२:४०
नेपालगञ्ज : गायत्री परिवार पज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा हुन लागेको विराट ५१ कुण्डिय गायत्री महायज्ञ बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको धम्बोजी खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् […]