अमेरिकाको जर्जियामा फेरि मतगणना हुने

सदरलाइन संवाददाता २२ कार्तिक २०७७, शनिबार ०९:३८
 

काठमाण्डौ : अमेरिकी राष्ट्रपति चुनावअन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरिमतगणना हुने घोषणा गरेका हुन् ।

जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक हजारभन्दा कम मतको अग्रता कायम गरेका छन् । झिनो मतान्तरले निर्णय भएका ठाउँमा फेरि मतगणना हुने गरेको छ ।

जर्जियाको कानुनअनुसार कुल मतको ० दशमलव ५ प्रतिशतभन्दा कम अन्तरले निर्णय भएमा हार्ने उम्मेदवारले फेरि मतगणना माग गर्न पाउँछ । त्यस्तो माग नतिजा सार्वजनिक भएको दुई दिनभित्र गर्नुपर्ने हुन्छ । जर्जियामा अझै मतगना चलिरहेको छ ।


यसैबीच अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो मत परिणामअनुसार मतगणना भइरहेका पाँचमध्ये चार राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले मतान्तर बढाउँदै लगेका छन् । नेभाडा र एरिजोनामा जो बाइडेन फराकिलो मतान्तरमा छन् ।

नेभाडामा उनी २१ हजारको मतान्तरका साथ अगाडी छन् भने एरिजोनामा ४३ हजारभन्दा बढी मतका साथ अगाडि छन् । नर्थ क्यारोलाइनामा भने सत्तारुढ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडी छन् ।

राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको हो । अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्रेटिक पार्टीका बाइडेन प्रतिस्पर्धामा छन् । अहिलेसम्म बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गरेका छन् । २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । (एजेन्सी)

Next Post

र्यालीसहित बाँकेमा गणतन्त्रबिरुद्ध नाराबाजी

२२ कार्तिक २०७७, शनिबार ०९:३८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा एक समुहले गणतन्त्र बिरोधी नारा लगाएको छ । स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध नारा लगाएको हो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघीयता धर्म निरेपक्षताबिरुद्ध समेत नारावाजी गरेको थियो । २०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको मागसहित आफुहरु […]