विप्लवविरुद्ध सरकार कठोर रहने : गृहमन्त्री थापा

२५ फाल्गुन २०७५, शनिबार १४:५७
 

सदरलाइनडटकम,
सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरु कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन् ।
गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको क्रान्तीको अहिले कुनै आधार नभएकोले उनीहरु सफल हुने कुनै अवस्था नरहेको दावी गरे । अब सरकारले राज्य विरोधी र संविधान विरोधी गतिविधिको अन्त्य गर्ने गृहमन्त्रीको भनाई छ । उनले सरकारले एक बर्षमा अन्तर्राष्ट्रीय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको बताए ।
उनले सरकारले संघियता कार्यन्वयनका क्रममा संरचनागत कामलाई पुरा गरेका, विकासका आधारहरु तयार पार्ने काम गरेको, विकासाका निम्ति आवश्यक योजना निर्माण गरेको बताए । अब हुने अन्तर्राष्ट्रीय लगानी सम्मेलनले देशको विकासमा गति दिने थापाको दावी छ । शान्ति सुरक्षाका क्षेत्रमा पनि आधारभूत रुपमा कायम गर्न सरकार सफल भएको बताए ।

Next Post

आईएसमा भर्ना भएकी शमिमाको शिशुको मृत्यु

२५ फाल्गुन २०७५, शनिबार १४:५७
सदरलाइनडटकम, काठमाण्डौ : विद्रोही संगठन इस्लामिक स्टेट (आईएस) मा सामेल हुनका लागि लण्डन छोडेकी शमिमा बेगमको शिशुको ज्यान गएको छ । १९ वर्षीया किशोरी शमिमा बेगमले झण्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् । जेर्राहको निमोनियाका कारण ज्यान गएको सिरियन डेमोक्रेटिक फोर्सका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीसीले […]