सशस्त्र प्रहरीद्वारा अबैध सामग्री बरामद

सदरलाइन संवाददाता १६ कार्तिक २०७७, आईतवार १६:५८
 

नेपालगञ्ज : भारतबाट अबैध रुपमा नेपाल भित्र्इएको अबैध सामग्रीहरु सशस्त्र प्रहरीले बरामद गरेको छ । बिओपी जमुनाहा भन्सारका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार शर्माको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १६ जमुनाहाबाट १ लाख ४३ हजार मुल्य बराबरको अबैध सामग्री बरामद गरेको हो ।


रिक्सामा लोड गरी वेवारिसे अवस्थामा छाडिएको कपडा, जुत्ता, पिपिई सेट, कस्मेटिक सामग्री तथा सुर्तिजन्य पदार्थ बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Next Post

कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु

१६ कार्तिक २०७७, आईतवार १६:५८
नेपालगञ्ज : कोरोना भाइरस संक्रणका कारण बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न.ं १६ जयसपुरकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा उपचारका क्रममा आइतवार बेलुकी मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कार्तिक १२ गते अस्पताल भर्ना भएकी […]