बैजनाथद्वारा छात्रवृत्तिमा पचास प्रतिशत अनुदान

सदरलाइन संवाददाता १६ मंसिर २०८०, शनिबार १३:२०
 

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले बिद्यालय थाने छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान दिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत कक्षा ११ र १२ मा पढ्ने छात्राका लागि यस्तो ब्यवस्था गरेको हो ।

यसका लागि गाउँपालिकाले चालु आर्थिक २०८०/०८१ को बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले छोरी पढाउ अभियान अन्तरगत स्थानीय सरकारले छात्रबृत्तिमा अनुदान दिएको बताए । बिद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राहरुलाई शिक्षामा आर्कषण गर्न उनीहरुको मासिक शुल्कमा ५० प्रतिशत अनुदान दिइएको बताए ।


उनका अनुसार गाउँपालिकामा सञ्चालित सुर्योदय माध्यामिक बिद्यालय चिसापानी, प्रभात नमुना माध्यामिक बिद्यालय जिगाउँ, बागेश्वरी माध्यामिक बिद्यालय र जनता माध्यामिक बिद्यालयका कक्षा ११ र १२ मा पढ्ने करिव ६ सय जना छात्राहरुलाई छात्रवृत्तिमा अनुदान दिइएको छ ।

‘हामीले २०७९ सालको स्थानीय निर्वाचनमा आफ्नो घोषणा पत्रमा छात्रालाई छात्रवृत्तिमा अनुदान दिने कुरा समेटेका थियौं, चुनाव अगाडी घोषणापत्रमा बोलेका ती कुरालाई कार्यान्वयन गर्न यो कार्यक्रम ल्याएका हौं,’ अध्यक्ष शाहीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औंषधी व्यवसायीहरुका लागि प्रशिक्षण कार्यक्रम

१६ मंसिर २०८०, शनिबार १३:२०
नेपालगञ्ज : औषधि व्यवसायीलाई लक्षित गरेर नेपालगञ्जमा सकारात्मक सोच तथा व्यक्तित्व विकास, औषधि ऐन तथा बिक्रीवितरण संहिता र कर एवम् लेखा परिक्षण सम्बन्धि बृहत व्यवसायी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल औषधि व्यवसायी संघ बाँकेको आयोजनामा कार्यक्रम शुरु भएको हो । जिल्ला शाखा बाँकेका अध्यक्ष जयदेव अवस्थीको अध्यक्षता तथा […]