सदरलाइनडटकम,
दाङ : फेसवुकमा अफवाह फैलाउने दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी फेसवुकमा अफवाह फैलाउने दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २८ बर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।
न्यौपानेले मंगलवार विहान दाङमा पनि एकजना कोरोना भाइरस संक्रमित भएको भनी फेसबुकमा स्टाटस राखेको प्रहरीले बताएको छ ।
