बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले भने ‘साम्प्रदायिकताको राजनीति अन्त्य हुन्छ’

२५ मंसिर २०७४, सोमबार ११:१४
 

सदरलाइनडटकम  
२५ मंसिर, नेपालगन्ज : वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनौतीलाई पछारेर निर्वाचित भएका बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जातियता र धार्मिक नारा लगाएर राजनीति गर्ने दिनको अन्त्य हुने बताएका छन् । संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका राईले सोमबार बिहान बाँकेमा पत्रकार सम्मेलन गरी साम्प्रदायिकता नारा राजनीतिक गर्ने दिन अन्त्य भएको बताएका हुन् ।
उनले आफुलाई समग्र नेपालगन्जमा बसोबास गर्ने जातजाति र विभिन्न धर्म सम्प्रदायका सबै मतदाताले विश्वास गरे जिताएको भन्दै सबैको साझा प्रतिनिधिकोे अनुभुति सबै मतदातालाई गराउने विश्वास व्यक्त गरे । नेपालगन्जको विकास र पछाडी पारिएका समुदायको हितका लागि काम गर्ने बताए । आफु मधेशीको मात्र नभई समग्र बाँकेवासीको प्रतिनिधि भएकाले सबै क्षेत्रको विकासका लागि पहल थाल्ने उनको भनाइ थियो । सबै भाषा, धर्म र जातियतालाई प्रथामिकतामा राखेर समान तरिकाले विकास गर्न लागिपर्ने राईले प्रतिबद्धता जनाए ।
नेपालगन्ज शहरलाई पश्चिम क्षेत्रलाई नै नमूना बनाउन सबैको सहयोग लिएर अगाडि बढ्ने राईको भनाइ थियो । पार्टीका एजेण्डामा टेकेर नेपालगन्जको विकास र समृद्धिकाल लागि पाँच वर्षको अवधिमा आफुबाट हुने सम्पूर्ण प्रयास गर्नेमा कटिबद्ध रहेको राइले दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयमा विशेष योजना बनाउने समेत बताएका छन् । अब कसैले पनि धार्मिक र साम्प्रदासयिक सोच त्याग्नुपर्ने उनको भनाइ थियो । राईले सबै नेपाली दाजुभाईहरुबीचमा बन्धुत्वको भावना विकास गरी पछि परेका महिला, दलित, मुस्लिम र मधेशी समुदायका व्यक्तिहरुको शसक्तिकरणका लागि केन्द्रदेखि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Next Post

बाँके क्षेत्र नंं १ बामगठबन्धनको कब्जामा परेपछि यसरी मच्चाए धुम... (भिडियोसहित)

२५ मंसिर २०७४, सोमबार ११:१४
सदरलाइनडटकम  २५ मंसिर, नेपालगन्ज  : बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभाका ३ वटै सिट बाम गठबन्धनको कब्जामा परेपछि कार्यकर्ताहरुले नाचगानका साथ धुम मच्चाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा बाम गठबन्धका तर्फबाट महेश्वर गहतराज अथकले ३१ हजार १ सय ७३ मत ल्याएर विजयी […]