२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

‘बाँके अखिलको एकता प्रकृया बिधान विपरित’




नेपालगञ्ज  : नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू बाँकेको एकता प्रक्रियाप्रति असहमति जनाउदै असन्तुष्ट समुहले असहमती पत्र बुझाएका छन ।

असंतुस्ट पक्षले विद्यार्थी संगठनको एकीकरण प्रक्रिया अन्तर्गत बाँके जिल्लाको एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्नका लागि साविकका जिल्ला स्तरीय विद्यार्थी नेताहरुले अनेरास्ववियू केन्द्रीय कमिटीका संयोजक र सह संयोजकलाई असन्तुष्टि पत्र स्थानीय पार्टी अध्यक्ष मार्फत बुझाएका छन् ।

अनेरास्ववियु बाँकेको एकतामा संयोजक र सह संयोजकले विधिप्रकृया, विधान, एकताको सर्कुलर र संगठनका स्थापित मान्यता भन्दा बाहिर गएर मनोमानी गरेर एकता टुंगोमा पुर्याएको असंतुष्ट विद्यार्थी नेताहरूले आरोप लगाएका छन् ।

संगठनको एकता भन्नाले साबिकको अनेरास्ववियु जिल्ला कमिटी र साबिकको अखिल क्रान्तिकारी जिल्ला कमिटीको एकता हुनु पर्ने हो तर संयोजक र सह संयोजकले संगठनको विधि बिधान र सर्कुलर भन्दा बाहिर गइ कमिटी गठन गरेको र सिनियरको आधारमा पुराना साथीहरूलाई समावेश गरि पुनः एकता गठन गर्नका लागि विद्यार्थी नेताहरु सुमन घिमिरे, प्रकाशमान सिंह, प्रकाश खड्का, विकास थापा, आरएन बस्नेत, दीक्षा मल्ल, एलिसा सिंह ठकुरी, रविन्द्र सिंह ठकुरी, रबि कुमार बराइली, टेकराज आचार्य लगायतले हस्ताक्षर गरेर पत्र बुझाएका हुन् ।

विद्यार्थी नेताहरुले माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्ला पार्टी अध्यक्ष आइ पी खरेल र पार्टी सचिव अशोक कोइरालालाई पनि सो पत्रको बोधार्थ बुझाएका थिए । फोटो : काँचुलीखबरबाट

 

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रबार
ताजा समाचार