बर्दियाका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सदरलाइन संवाददाता २ कार्तिक २०७७, आईतवार १०:०२
 

नेपालगञ्ज : कोरोना संक्रमणका कारणले बर्दियाका एक पुरुषको बाँकेमा उपचारको क्रममा निधन भएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका ६ का ४२ वर्षका पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान ३ बजे निधन भएको हो ।

गत १४ असोजमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा भर्ना भएका उनलाई १६ असोजमा कोरोना पुष्टि भएको थियो । २७ असोजमा उनलाई भेरी अस्पतालमा रिफर गरिएको थियो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा अस्पतालमा उपचार गर्न आएका कोरोना संक्रमितको मृत्यु संख्या १४ पुगेको छ ।

Next Post

शाहद्धारा लिखित ‘खबरदारी’को बिमोचन

२ कार्तिक २०७७, आईतवार १०:०२
नेपालगन्ज : भ्रष्टाचार बिरुद्धका अभियान्ता नमस्कार शाहद्धारा लिखित ‘खबरदारी’को बिमोचन गरिएको छ । भ्रष्टाचारबिरुद्ध १९ वर्षदेखि सक्रिय शाहको पुस्तक शनिबार एक समारोहबीच बिमोचन गरिएको हो । भ्रष्टाचार बिरोधी अभियान्ता केदार खड्काले भ्रष्टाचारका कुरालाई पुस्तकमा ल्याउन सफल भएको कार्यप्रति लेखक शाहलाई शुभकामना दिए । उनले नेपालमा भ्रष्टाचारको भूकम्प आउन आवश्यक भएको […]