सदरलाइनडटकम,
जानकी (बाँके) : आफ्नै श्रीमानले प्रहार गरेको बञ्चरोले बाँकेमा एक महिला घाइते भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिकाकासँग जोडिएको जानकी गाउँपालिका वडा नं. ३ मानपुरका ५९ बर्षीय पञ्चराम हरिजनले आफ्नी ४५ बर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
शनिवार बिहान ९ बजे श्रीमती कप्तरालाई बञ्चरो प्रहार गरी पञ्चराम बञ्चरोसहित ईलाका प्रहरी कार्यालय मानपुर पुगेका थिए । बञ्चरो प्रहारबाट कप्तरा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
श्रीमतीले खुर्सानीको धुलो आँखामा हाल्दिएको भन्दै आफुले बञ्चरो प्रहार गरेको उनले बयान दिएका छन् । घाइते कप्तराको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ ।
