सदरलाइनडटकम,
काठमाण्डौ : सगरमाथाको चौथो शिविरमा एक जनाको मृत्यु भएको छ । बिहीवार सगरमाथा आरोहण गरेर फर्किएका भारतीय नागरिक रवि ठाकुरको बिहीवार राति सुतेकै ठाउँमा मृत्यु भएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनले आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजन अभावले ज्यान गएको हुन सक्ने बताए ।
यस्तै संखुवासभाको मकालु हिमाल आरोहण सकेर फर्कदै गरेका अर्का भारतीय नागरिक नारायण सिंहको ज्यान गएको छ भने अर्का भारतीय नागरिक दीपशंकर घोष हराइरहेका छन् । रवि र नारायण भारतीय सैनिक रहेको बताइएको छ । उनीहरु सबै सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएका थिए ।
