नदीजन्य पदार्थ संकलनका लागि डुडुवाको आइइई प्रतिबेदन तयार

२७ मंसिर २०७५, बिहीबार १८:२३
 

सदरलाइनडटकम,
डुडुवा (बाँके)  :  बाँकेको डुडुवा गाउँपालिकाले नदीजन्य पदार्थको संकलनमा देखिएको कानूनी जटिलताको अन्त्य गर्नको लागि पहिलो पटक प्रारम्भिक बातावरणीय परिक्षण प्रतिबेदन (आइइई) तयार गरेको छ । यस अघि जिल्लामा नदी तथा खोलाबाट निमार्ण सामाग्री संकलनका लागि तत्कालिन जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समितिले) ठेक्का सञ्चालन गर्दै आएकोमा अव स्थानीय तह स्थापनापछि गाउँपालिकाले पहिलो पटक बालुवा र ग्राभेल संकलनका लागि ठेक्का संचालन गर्न सो प्रतिबेदन तयार पारेको हो ।
आदि कन्सल्ट काठमाण्डौले गाउँपालिकाको लागि तयार पारेको आइइई प्रतिवेदनमा राप्ती नदी र डुडुवा खोलाबाट बार्षिक रुपमा कुल ६७ हजार ५ सय घन मिटर ग्राभेल र बालुवा संकलन गर्न सकिने उल्लेख छ । प्रतिबेदनमा गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ को रमपुरवा, कटैहिया, दासपुरवा, सिधनिया घाट र खजुरा गौढीबाट र डुडुवा खोला अन्र्तगत गाउँपालिकाको वार्ड नं. १ र ३ को खडैचा र पिप्रहवाबाट बालुवा संकलन गर्न क्षेत्रफल प्रस्ताव गरिएको बाताबरण बिज्ञ अन्नत कार्कीले जानकारी दिए ।
उनले यो प्रतिबेदनको बैधानिकता आइइई स्वीकृत भएको दुइ बर्षसम्म बालुवा संकलन गर्न सकिने बताए । गाउँपालिकाले बिहीबार नेपालगन्जमा गरेको सरोकारवाला निकायको बैठकमा सो प्रतिबेदन बारे जानकारी तथा आवश्यक सुझाव लिएको छ । सुझावका आधारमा प्रतिबेदन स्वीकृत भएपछि कार्यान्वयनको प्रक्रिया शुरु हुने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, उपसंयोजक ज्ञानेन्द्र कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख अरुण पौडेल, गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष साहिदा बानौ, लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Next Post

सहकारीद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२७ मंसिर २०७५, बिहीबार १८:२३
सदरलाइनडटकम, नेपालगञ्ज : बिभिन्न बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ । नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई एक समारोहका बीच पौरखी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामग्री प्रदान गरेको हो । बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै नेपालगञ्जकी उपमेयर उमा थापा […]