सदरलाइनडटकम,
सुर्खेत : तिहार नजिकिएसँगै जुवाडेहरुमाथि प्रहरीको निगरानी पनि बढ्दै गएको छ । देशभरिनै जुवाडेहरु पक्राउ पर्न थालेका छन् । बुधवार राती सुर्खेतबाट १३ जुवाडे पक्राउ परेका छन् ।
दशरथपुरस्थित एकघरमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय छिन्छुले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ६४ हजार ४ सय ४० र जुवाखालबाट १५ हजार ७ सय गरी १ लाख ८० हजार नगदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक मधु न्यौपानेले बताए ।
लेकवेशी गाउँपालिका ३ का टोपबहादुर पौडेल, टिकाराम राना, सुरेन्द्र पौडेल, उमेश वली, अनुप बस्नेत, बिनोद शाही, अमर थापा, ललित सुनार, छवि पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरमाथि आवश्यक कारबाही गरिने प्रहरी निरीक्षक न्यौपानेले बताए ।
