रक्षकद्वारा आगलागी नियन्त्रण सम्बन्धी सेवा शुरु

सदरलाइन संवाददाता २ कार्तिक २०७७, आईतवार ०९:४४
 

नेपालगञ्ज :  सेक्युरिटिज क्षेत्रमा क्रियाशिल रक्षक ग्रुप अफ कम्पनीजले आगलागी नियन्त्रण सम्बन्धी सेवा सुरु गरेको छ । आगलागी नियन्त्रणका लागि प्रयोग हुने पाउडर, फोम, कार्वनडाईअक्साइड ग्याँस, फायर वल, फायर ब्ल्यांकेट, फायर मोडुलर, फायर प्रुफ पोसाक, हेलमेट आदी सामाग्रीहरुको विक्री वितरण शुरु गरिएको जनाएको छ ।

यसैगरी यी सामाग्रीहरुको होमडेलिभरी र फिटिङ्गको सेवा पनि रक्षकले दिने भएको रक्षका कार्यकारी अध्यक्ष जयनारयाण शाहले जानकारी दिए । उनले उपकरणहरु कसरी प्रयोग गर्ने भन्नेवारे तालिम प्राप्त र अनुभबी रक्षकहरुले अनुशीक्षण दिने जनाए । रक्षक ग्रुप अफ कम्पनीज छोटो समयमै गुणस्तरिय सेवा तथा दक्ष र तालीम प्राप्त जनशक्तिका कारण चर्चित बन्न पूगेको रक्षक सेक्युरिटिजको मात्रृ संस्था हो ।


रक्षक ग्रुप अफ कम्पनीजका कार्यकारी अध्यक्ष शाहले काठमाण्डौ वालुवाटार स्थित कर्पोरेट अफिस र नेपालगञ्ज बुलबुलिया स्थित अफिसबाट घटस्थापनाकै दिनदेखि एकसाथ यो सेवा शुरु गरिएको वताए ।

‘निकट भविश्यमा ‘आउटलेट’ खोलिने छ । नेपालगंञ्ज जस्तो प्रचण्ड गर्मी हुने क्षेत्रमा यो सेवाबाट धेरै जना लामान्वित हुनेछन्’–शाहले भने–‘उद्योग धन्दा र व्यवसायिक क्षेत्रले मात्र होइन प्रत्येक घरमा, प्रत्येक भान्सामा यस्ता उपकरण आवश्यक छ ।’

नेपालगञ्जमा भएको ठूलो आगलागी नियन्त्रणमा प्रहरीको समन्वयमा रक्षकहरु खटाइएको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो कार्यमा रक्षकहरु खटिने प्रतिवद्धता पनि रक्षक सेक्युरिटिजले दोहो¥याएको छ ।

Next Post

बर्दियाका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

२ कार्तिक २०७७, आईतवार ०९:४४
नेपालगञ्ज : कोरोना संक्रमणका कारणले बर्दियाका एक पुरुषको बाँकेमा उपचारको क्रममा निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका ६ का ४२ वर्षका पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान ३ बजे निधन भएको हो । गत १४ […]