नेपालगञ्ज : लामो समयसम्म जसपामा रहेका नेपालगञ्जका समाजसेवी तथा युवा नेता समसुल हक राई मंगलबार नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम समाज बाँकेले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रम तथा सम्मान कार्यक्रममा उनी काँग्रेस प्रवेश गरेका हुन ।
उनी लामो समय जनता समाजवादी पाटीमा रहेर पहिचानको लडाई लडेका मंगलवार एक कार्यक्रमका विच नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । जसपामा जिल्ला प्रवक्ता, प्रदेश सदस्य तथा पुर्व मन्त्री इस्तियाक अहमद राईको स्वकिय सचिवको भूमिका निभाएका राई एक भव्य कार्यक्रमका विच काँग्रेसमा प्रवेश गरेका थिए ।
०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएका राईले पछिल्लो समय कुनै पाटीमा सक्रिय भुमिकामा देखिएका थिएनन् । उनलाई नेपाली काँग्रेसका सहमाहमन्त्री तथा बाँके क्षेत्रनं ३ का प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरलगायतका नेताले पार्टी प्रवेश गराएका हुन ।
उनलाई नेपाली काँग्रेसका सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य राठोरले पार्टीको सदस्यता दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।