लुम्बिनी कपको च्याम्पियन एपिएफ

सदरलाइन संवाददाता १२ बैशाख २०८२, शुक्रबार २२:०२
 

नेपालगन्ज : विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शुक्रबार बाँकेको नेपालगञ्ज रंगशालामा सम्पन्न फाइनलमा पुलिस अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । इन्जुरी समयमा गीता रानाको हेड गोल नै खेलमा निर्णायक बन्यो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् ।


एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयाे । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।

एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६-० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३-० ले हराएको थियो । ।

यता, पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४-० तथा सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई सेडनडेथमा ६-५ ले पराजित गरेको थियो ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसन्ते मकै खेतीतर्फ आकर्षित डुडुवाका किसान

१२ बैशाख २०८२, शुक्रबार २२:०२
डुडुवा (बाँके) :  बर्खे, हिउँदे मकैको खेती गर्दै आएका बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान बसन्ते मकै खेतीतर्फ आकर्षित भएका छन् । बाबु बाजेको पालादेखि तरकारी खेती गर्दै आएका हिरमिनियावासीले पछिल्लो समय मकै खेती गर्न थालेका छन् । डुडुवा गाउँपालिका– ६ बल्दीपुर्वाका किसान गुरुदीन यादवले ६० कठ्ठा क्षेत्रफलमा बसन्ते मकै […]