सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धी २ दिने कार्यशाला

सदरलाइन संवाददाता १७ बैशाख २०८१, सोमबार २०:१४
 

बर्दिया : प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह (बी– ग्रुप)को आयोजनामा सन्चालित २ दिने सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धी कार्यशाला सकिएको छ ।

बर्दियाको मधुवन, वारवर्दिया, ठाकुरबाबा नगरपालिकाका र गेरुवा गाउपालिकाको परियोजना विद्यालयका शिक्षक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, फोकल शिक्षकहरुका लागि २ दिने सकारात्मक सिकाइको वातावरण सिर्जनाका लागि कार्यशालामा सकारात्मक सोच, खुसीका लागि शिक्षा, सकारात्मक सोच र आत्म ब्यवस्थापन र प्रसंशात्मक खोजी विधिको चर्चा, विद्यालयको प्रभावकारी नेतृत्व ब्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीहरुको आचारसंहिता र किशोरावस्थाका परिवर्तन र विशेषताहरु साथै सुरक्षित बिद्यालयको अबधारण बारेमा प्रशिक्षक बखतबहादुर भण्डारीले सहजिकरण गरेका थिए ।


आफनो नीजि जीवन र शिक्षण पेशामा सकारात्मक सोचाई गर्नमा थप टेवा पुग्ने र सृजनात्मक ब्यवहार गर्न अभिप्रेरित हुने, विवाह विरुद्ध अभियान मार्फत बिद्यालय स्तरमा समाबेशि तथा सिकाइ बातावरणका लागी बिभिन्न कृयाकलाप मार्फत काम गरिरहेको छ ।

परियोजना संचालन पश्चात परियोजना बिद्यालयमा सुरक्षित तथा भएरहित सिकाइ बातावरणका लागी गुनासो सुनवाई समन्यत्र कृयाशिल बनाउने बिद्यालयमा आचारसंहिता निर्माण गर्ने सबै बिद्यालय र कक्षाकोठामा सकारात्मक र विभेद रहीत सिकाईको वातावरण निर्माण गर्ने प्रयास समन्वय तथा सहकार्य गर्ने कुरामा सहभागीहरुको जोडदिएको र सिकाइ वातावरण बिद्यालय मात्र घरमा पनि सिकाइ बातावरण बनाउनका लागि सबै सरोकारवाला पक्षबाट पैरवी गर्ने कुरामा जोड दिएका छन् ।

बी– ग्रुपद्धारा सन्चालित बाल विवाह न्युनीकरण परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने,युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने, परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्यमान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने रहेको परियोजना का प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा कांग्रेसको सत्ता पुनरागमन कठिन

१७ बैशाख २०८१, सोमबार २०:१४
नेपालगञ्ज :  सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि बझाङ (१) मा भएको उपचुनावमा नेकपा एमालेका दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार सकिएको मतगणनामा भण्डारी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाए । २०७९ मंसिरमा भएको प्रदेशसभा चुनावमा […]