नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले मंगलवार बेलुकी जारी गरेको विवरणअनुसार बाँके, बर्दिया, सुर्खेत, दैलेखलगायत जिल्लाका थप ८६ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ५२ जना बाँकेका रहेका छन् ।
पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ४ सय ५ जनाको नमुना मध्ये ८६ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।