चिकित्सक, पत्रकार, प्रहरीलगायत ४२ जना डिस्चार्ज

; ३० भाद्र २०७७, मंगलवार ०८:४४
 

नेपालगञ्ज : बाँकेमा मंगलवार ४२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा बसेका बाँकेका चिकित्सक, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी गरी ४२ जना डिस्चार्ज भएका हुन् । जसमध्ये १८ महिला र २४ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलवार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका एक डाक्टर, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी लगायत ४२ जना रहेका छन् ।


योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ७८ पुगेको छ ।

बाँकेको आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ३ जना गरी ३ सय ८६ जना संक्रमित उपचाररत छन् । जिल्लामा भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४ सय ६९ रहेको छ भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Next Post

भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

३० भाद्र २०७७, मंगलवार ०८:४४
काठमाण्डौ : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ । हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय […]