पर्सामा २१ वर्षीय बशिष्ट बने गाउँपालिका अध्यक्ष

सदरलाइन संवाददाता ४ जेष्ठ २०७९, बुधबार १६:०६
 

नेपालगञ्ज : पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।


बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीप दुर्घटना हुँदा मुगुका कांग्रेस सभापति घाइते

४ जेष्ठ २०७९, बुधबार १६:०६
मुगु : मुगु सदरमुकाम गमगढीबाट सोरु जाँदै गरेको जीप दुर्घटना हुँदा नेपाली कांग्रेस मुगुका सभापतिसहित तीन जना गम्भीर घाइते भएका छन्। गमगढीबाट सोरु गाउँपालिकाको विजयी र्‍यालीमा जाँदै गरेको लु१ज १७७२ नम्वरको जीप बुधबार विहान साढे ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटननामा कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीसहित कुवेरजंग शाही […]