मुख्यमन्त्री शाहीद्वारा प्रमुख सचेतकमा नेपाली नियुक्त

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १६:००
 

सुर्खेत : कर्णाली प्रदेशको सत्ता संघर्षले नयाँ मोड लिएको छ । आइतवार १८ जना सदस्यले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव गरेपछि कर्णालीको राजनीति यतिबेला चर्चाको विषय बनेको छ ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपाली नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतकका हैसियतमा शाहले नेकपा प्रदेशको संसदीय दलको बैठक मंगलवार दिनको १ बजे बोलाएका थिए ।


अब संसदीय दलको पूर्ण बैठक अन्योलमा पर्ने देखिएको छ । नवनियुक्त प्रमुख सचेतक नेपालीले संसदीय दलको बैठक मंगलवार नबस्ने जनाइसकिन् ।

Next Post

कोरोना नोट मोबाइलको स्क्रिनमा २८ दिनसम्म रहनसक्ने : अध्ययन

२६ आश्विन २०७७, सोमबार १६:००
काठमाण्डौ : कोरोना भाइरस नोट, मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म सङ्क्रामक अवस्थामा रहने एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस सोचिएभन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको बीबीसीले जनाएको छ । यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम र अँध्यारोमा […]