कोरोना नोट मोबाइलको स्क्रिनमा २८ दिनसम्म रहनसक्ने : अध्ययन

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १६:१०
 

काठमाण्डौ : कोरोना भाइरस नोट, मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म सङ्क्रामक अवस्थामा रहने एक अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस सोचिएभन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको बीबीसीले जनाएको छ । यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम र अँध्यारोमा गरिएको हो । यूभी लाइट अर्थात अल्ट्राभ्वाइलेट किरणले भाइरसलाई मार्ने यसअघि नै पुष्टि भएको छ ।


केही विज्ञहरु भने स्टील, स्क्रीन वा अरु कुनै पनि माध्यममा रहेका भाइरसबाट सङ्क्रमण फैलिने जोखिमलाई लिएर दुविधामा छन् । कोरोना भाइरस मुख्यतया सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा वा बोल्दा ओसिला कणहरुबाट सर्ने गर्छ । यस्तै हावामा रहेका कणहरुका माध्यमबाट पनि भाइरसको सङ्क्रमण भएको प्रमाण छ ।

यसअघि प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस नोट र सिसामा दुईदेखि तीन दिन तथा प्लास्टिक तथा स्टीनलेस स्टीलमा ६ दिनसम्म जीवित रहन सक्ने देखिएको थियो ।

Next Post

बाँकेमा ‘एक दिन एक अभियान’ सञ्चालनको तयारी

२६ आश्विन २०७७, सोमबार १६:१०
नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाँकेमा एक दिन एक अभियान सञ्चालन गर्ने भएको छ । पत्रकारहरुसंग सोमवार गरिएको परिचयात्मक कार्यक्रममा बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले परिणाममुखी गतिविधि सञ्चालन गर्ने उद्देश्यले एक दिन एक अभियान सञ्चालन गर्न लागेको बताए । उनले सुरक्षित सडक र व्यवस्थित सहर बनाउने […]