कोरोना कहर !

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो

सदरलाइन संवाददाता २१ भाद्र २०७७, आईतवार २३:१४
 

नेपालगञ्ज  :  बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमणबाट आईतबार मृत्यु हुनेमा नेपालगञ्ज वडा नं–९ का ५९ वर्षिय पुरुष हुन । उनकोे आइतबार साँझ ८ः ३० बजे मृत्यु भएको जनाइएको छ । उनी राष्ट्रसेवक कर्मचारी हुन ।

गत भदौ १५ गते दिउसो ३ बजे कोरोना संक्रमण पुष्टि भएका उनी सेल्फपेड आईशोलेशन न्यु इन्द्रेणी होटेलमा आइसोलेसनमा बसेको बेलामा उनको अवस्था विग्रदै गएपछि १८ गते पौने ३ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।


ती संक्रमित पुरुषमा ३ वर्ष अघिदेखि मधुमेह र ५ वर्ष अघिदेखि मुटुको रक्त नलि बन्द हुने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना फोकल पर्शन श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म ७ जनाले ज्यान गुमाएका छन् ।

 

Next Post

बाँकेमा थप ६ जना कोरोनामुक्त

२१ भाद्र २०७७, आईतवार २३:१४
नेपालगञ्ज : बाँकेमा सोमवार थप ६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । अतिथि होटल आइसोलेशनबाट २ जना तथा भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज चिसापानी आइसोलेशन, होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेशनबाट एकएक जना कोरोनामुक्त भई डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । […]