बैजनाथको बिषेश गाउसभाद्वारा बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन पारित

सदरलाइन संवाददाता २५ आश्विन २०७७, आईतवार १०:०८
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाको विषेश गाउसभाले बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ पारित गरेको छ । आफ्नै सभाहल रामपुरमा गत शुक्रबार सम्पन्न विषेश गाँउसभाले पालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन २०७७ पारित गरेको हो ।

सभामा पालिकाका वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक संगिता सुनारले पालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन २०७७ पारित गरियोस भनि आवश्यक छलफलका लागि प्रस्ताव पेश गरेको सो प्रस्ताव सर्वसम्मत पास गरिएको गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले जानकारी दिए ।

उनले स्थानीय सरकार सञ्चालनलाई सहज बनाउन वतावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन २०७७ ल्याईएको बताए । बैजनाथ गाँउपालिका भवन निर्माण गर्दा सामुदायिक बन क्षेत्र बिनास गरेको आरोप लागिरहेका बेला वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन ल्याईएको हो ।

अध्यक्ष ठकुरीले स्थानीय सरकारले संघ र प्रदेशसंग  नबाझिने  गरि  कानुन  निर्माणलाई  पुर्णता  दिन  आवश्यक रहेको बताउदै कानुन निर्माणले पूर्णता पाए पछि जनाताले अनुभुती गर्न पाउने गरी बिकास निर्माणका लहर सुरु हुने दावि गरे ।


गाउपालिकाका उपाध्यक्ष शारदा रेग्मी विकले सो ऐनको अभावको कारणले पालिकालाई काम गर्न असहज भएको अवस्थामा ऐन पारित भएसंगै बन तथा बातावरण संरक्षण, फोरहमैला व्यवस्थापन र नदिजन्य पदार्थ उत्खनन् र संरक्षण लगायतका सबै बिषयहरु समावेश गरिएको कारण धेरै सहज हुने विश्वास व्यक्त गरिन ।

विशेष गाउँसभाको उद्द्घाटन सत्रमा संविधान सभा सदस्य दलबहादुर सुनार, लुम्बिनी प्रदेस सभा सदस्य आईपी खरेलले सम्बोधन गरेको सदस्य सचिव तथा प्रमुख प्रशाशकिय अधिकृत दानबहादुर ऐडिले जानकारी दिए । सो विशेष गाउ सभाले राजश्वका थप दर, दायरा र राजश्व सम्बन्धी थप निर्णय समेत पारित गरेको छ ।

Next Post

बाँकेमा कोभिड–१९ बाट २६ जनाले ज्यान गुमाए

२५ आश्विन २०७७, आईतवार १०:०८
नेपालगञ्ज : बाँकेमा कोभिड–१९ को संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । नेपालगञ्जको भेरी अस्पतालको कोभिड–१९ आईशोलेशन वार्डमा उपचाररत थप दुईजना कोरोना संक्रमितको शनिबार राति करिव १० बजे मृत्यु भएसंगै मृतकको संख्या २६ पुगेको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्ज […]

सम्बन्धित

ताजा अपडेट