साहित्यकार महानन्दको उपन्यास ‘बुह्रान’को आवरण सार्वजानिक

सदरलाइन संवाददाता ३० असार २०७९, बिहीबार ११:३३
 

नेपालगञ्ज : पश्चिम तराईमा बसोबास गर्ने थारु समुदाय र पहाडी समुदायको सम्बन्ध र सहकार्यको विषयलाई उठान गरिएको साहित्यकार महानन्द ढकालको उपन्यास ‘बुह्रान’को आवरण सार्वजानिक भएको छ ।

बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण साङ्ग्रिला बुक्सले सार्वजानिक गरेको हो ।

उपन्यासकार ढकालका अनुसार ‘बुह्रान’ उपन्यस जातीय समानता र सहकार्यको कथा हो । जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनेकी छन् ।

थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।


बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलह्री प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्र्तजातीय विवाह महत्वपूणर् हुन सक्ने कुरा औंल्याउन खोजिएको छ ।

समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलह्री, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा ढकालले बताए ।

विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपूणर् मानिन्छ ।

कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह(२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह(२०५९), ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह(२०६३), ‘घाम उदाए’ हाइकु सङ्ग्रह (२०६८) र सिमाना मुक्तक सङ्ग्रह(२०७७) यस पहिला नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो । यो उपन्यासको आवरण कलाकार देवेन्द्र थुम्केलीले बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर सव डिभिजन वनद्वारा बिरुवा बितरण सुरु

३० असार २०७९, बिहीबार ११:३३
कोहलपुर (बाँके)  :  कोहलपुर सव डिभिजन वन कार्यालय बाँकेले असार २९ गतेदेखि बिभिन्न प्रजातिका विरुवाहरु वितरण गर्न सुरु गरेको छ । कोहलपुर सब डिभिजन बन कार्यालयका कार्यालय प्रमुख राजबहादुर चौधरीले दिएको जानकारी अनुसार विरुवा लगाउन इच्छुक संघसंस्था, व्यक्तिहरुले कार्यालयबाट विरुवाहरु सहजै लिएर जानसक्ने व्यवस्था मिलाईएको छ । व्यक्तिगत प्रयोजनका लागि […]

सम्बन्धित