बाँकेमा कोभिड–१९ बाट २६ जनाले ज्यान गुमाए

सदरलाइन संवाददाता २५ आश्विन २०७७, आईतवार १०:३४
 


नेपालगञ्ज : बाँकेमा कोभिड–१९ को संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । नेपालगञ्जको भेरी अस्पतालको कोभिड–१९ आईशोलेशन वार्डमा उपचाररत थप दुईजना कोरोना संक्रमितको शनिबार राति करिव १० बजे मृत्यु भएसंगै मृतकको संख्या २६ पुगेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. ८ निवासी ७१ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे अर्की महिलाको पनि ज्यान गएको हो ।


श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संया २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ छ । बाँकेको भेरी अस्पतालमा र शिक्षण अस्पताल कोहलपुरमा गरी २२ संक्रमित सिकिस्त अवस्थामा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

Next Post

आयान डिष्टिब्युटरबारे बिशाल ग्रुपले खोल्यो मुख, यस्तो छ तथ्य

२५ आश्विन २०७७, आईतवार १०:३४
काठमाडौं : आयान डिष्टिब्युटरमा फेला परेको म्याद नाघेका अखाद्य बस्तुलाई लिएर आफूमाथि निरन्तर आक्रमण भएपछि प्रतिष्ठित ब्यापारी घराना बिशाल ग्रुपले मुख खोलेको छ । केहीदिन अघि आयान डिष्टिब्युटरको कलंकीस्थित गोदाममा म्याद नाघेका खाद्य सामाग्री बरामद भएपछि बिशाल गु्रप नै यस्तो अबैध काममा संलग्न रहेको समाचार आएपछि बिज्ञप्ती नै जारी गरी […]