खजुरामा बहुउद्देश्यीय सभाहल बन्दै

२८ कार्तिक २०७६, बिहीबार १६:४३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । करीब ५ सय जना अट्ने क्षमताको सभाहल बन्न लागेको हो । उक्त बहुउद्देश्यीय सभाहलको विहीवार खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले एक कार्यक्रमका वीच शिलान्यास गरे ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं. ३ का सदस्य डिल्ली आचार्यले विधिपूर्वक पूजापाठ गर्दै शिलान्यासमा सहयोग गरेका थिए । २०७६ साल जेठ २१ गते अमर कन्स्ट्रक्सन प्रालि काठामाण्डौसँग ठेक्का सम्झौता भई २०७८ साल असार मसान्तसम्म सक्ने गरी २ तले सुविधा सम्पन्न सभाहलको शुरुवात गरिएको अध्यक्ष कक्षपतिले बताए ।
खजुराको गौरवका योजनामा पर्ने उक्त सभाहल बहुवर्षीय बजेटमा निर्माण गर्ने गरी तय भएअनुसार ४ करोड ८० लाख ३६ हजार ५६० रुपैयाँ भ्याट बाहेकमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गर्नका लागि कबोल गरेको छ ।
खजुरा गाउँपालिका वडा नं. ३ खजुरा बजार दक्षिण वडा नं. ३ को कार्यालयसंगै रहेको करीब १० कठ्ठामा निर्माण हुन लागेको सभाहल समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ । शिलान्यास कार्यक्रममा उपाध्यक्ष एकमाया विक र वडाध्यक्षहरुको सहभागिता थियो ।

Next Post

जीप दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

२८ कार्तिक २०७६, बिहीबार १६:४३
सदरलाइनडटकम, प्युठान : प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ मा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । भिगृबाट स्वर्गद्वारी जाँदै गर्दा ग २ च ५२४९ नम्बरको जीप बिहीवार कोलवाङमा दुर्घटनामा परेको हो । जीपमा ४ जना सवार रहेकोमा एक जना पुरुष भने हामफालेर […]