रेडपाण्डाको छालासहित जाजरकोटमा दुई पक्राउ

२३ पुष २०७५, सोमबार १७:३५
 

सदरलाइनडटकम,
जाजरकोट : विश्वकै दुर्लव वन्य जन्तु रेडपाण्डाको छाला सहित जाजरकोटमा दुई युवा पक्राउ पेरका छन् । लुकाई छिपाई गरी विक्रि गर्न लैजादै गर्दा जनपद प्रहरी र शस्त्र प्रहरीको सयुक्त टिमले आईतवार दुई जनालाई खलंंगाको एक होटेलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नलगाड नगरपालिका वडा नम्वर ५ कालीमाटीका २५ वर्षिय गणेश सुनार र सोहि ठाउँकै २५ वर्षिय युवराज वि.क रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर सिहंले जानकारी दिए । प्रतिवन्धित रेडपाण्डाको छाला विक्रि गर्न लिने तयारी गरेका उनीहरुलाई विषेश सुचनाका आधारमा पक्राउ गरेको सिहंले जानकारी दिए । रेडपाण्डाको छाला तस्करीमा मुख्य भुमिका डोल्पा घर भएका दिपक भनिनेको व्यापक खोजी भईरहेको प्रहरी प्रमुख सिहंले वताए ।
पक्राउ परेका दुई युवालाई थप अनुसन्धानका लागी डिभिजन वन कार्यालयमा बुझाइएको छ । वन्यजन्तुको चोर िसिकारी तथा वन्य जन्तुका आखेटोपहारहरुको गेर कानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण वनेको साईटिस महासन्धी १९७५ तथा राष्ट्यि निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसुची १ अनुसार दुर्लव बन्यजन्तुको सुचीमा सुचीकृत हाव्रेमा छाला खरिद बिक्रि तथा ओसारपसार गर्न नपाईने प्रावधान रहेको छ ।
विश्वकै दुर्लव वन्य जन्तु रेडपाण्डाको वासस्थान रहेको जाजरकोटको वारेकोट र कुशे गाउँपालिकाबाट तस्करहरुले रेडपाण्डाको छालाकाके चोरी निकासी गर्ने गरेको प्रहरीले अनुमान गर्ने गरेको छ ।

Next Post

स्वास्थ्य शिविरबाट हजार बढि लाभान्वित

२३ पुष २०७५, सोमबार १७:३५
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत घरदैलोमै सेवा दिएको छ । नमूना गाउँपालिका निर्माणका लागि त्यस क्षेत्रभित्र बसोबास गर्ने नागरिक स्वस्थ हुन जरुरी रहेको भन्दै खजुरा गाउँपालिकाले ८ वटै वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिएको हो । सामाजिक सुरक्षा कार्यक्रममा […]