२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

सुशान्त आत्महत्या प्रकरण : रिया चक्रवर्तीलाई जमानत



काठमाण्डौ : बलिउडका अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई जमानत मिलेको छ । अदालतले रियालाई एक लाख भारु व्यक्तिगत जमानी राखी जमानत दिएको हो ।

यसअघि मंगलवार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्स्टेन्स एक्टअनुसार रियालाई २० अक्टोबरसम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो । रियालाई सुशान्तको मृत्यु प्रकरणमा जोडिएको लागुऔषध प्रयोगबारे छानबीन गर्न नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो ।

जमानतमा जुटेपनि बम्बई हाइकोर्टले रियालाई मुम्बई बाहिर जाँदा अनुसन्धान अधिकृतलाई जानकारी दिन भनेको छ । अदालतको अनुमति बिना देशबाहिर नजान पनि निर्देश गरिएको छ ।

अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश शावन्तलाई पनि जमानत दिएको छ । तर, कलाकारहरुसम्म लागुऔषध पुर्याउने गरेका भनिएका अब्दुल परिहाकलाई पनि अदालतले जमानत दिन इन्कार गरिदिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधबार
ताजा समाचार