राष्ट्रियसभा सदस्यमा बामदेव गौतम मनोनित

सदरलाइन संवाददाता १ आश्विन २०७७, बिहीबार १६:३८
 

काठमाण्डौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गरेकी हुन् ।

Next Post

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१ आश्विन २०७७, बिहीबार १६:३८
नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं. १ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको दुबै फोक्सोमा निमोनिया रहेको बुझिएको छ । भदौं ३१ गते कोरोना पुष्टि भएका ति पुरुषको बिहीवार बेलुकी करीब ५ बजे मृत्यु […]