संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन : एमाले अध्यक्ष ओली

२७ मंसिर २०७३, सोमबार १२:३३
 

सदरलाइनडटकम 
२७ मंसिर, नेपालगन्ज  : नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुको बिकल्प नभएको दावी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनले चौतर्फि बिरोध भएको प्रस्तावलाई जसरी पनि पास गराई छाड्छु भन्नु सरकारको मुर्खता भएको ठोकुवा समेत गरे ।
प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले भने–‘सरकारले संविधान संशोधनको प्रसताव फिर्ता लिनुको बिकल्प छैन । र यो प्रस्ताब कुनै पनि हालतमा पास पनि हुँदैन ।’
उनले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव नेपालमा द्वन्द्व उद्योगको रुपमा रहेकोले एमालेले बिरोध गर्नु परेको बताउदै भने–‘ बिभिन्न बाहानमा द्वन्द्व चर्काउने र उद्योगको रुप दिने अनि व्यवस्थापनको नाममा आफैले व्यावसाय सञ्चालन गर्नेहरुको स्वार्थको लागि ल्याईएको संशोधन प्रस्ताव किमार्थ एमालेलाई मान्य हुँदैन ।’
उनले नेपालमा यतिबेला जातिय, भाषिक, भौगोलिक, धार्मिक, पहिचानबादी लगायतका द्वन्द्व उद्योगहरु सञ्चालनमा ल्याउने जमर्को विभिन्न तह र तप्काबाट हुँदै आएकोमा त्यस्ता कार्यको एमाले जन तथा राष्ट्रबादीहरुका तर्फबाट ठाडै अस्वीकार गरि दिन आग्रह गरे ।
उनले संविधान संशोधनको प्रस्तावमा प्रदेशको सिमाङ्कनमा समेत हेरफेरको कुरा राखिएको छ जुन कुरा नत आन्दोलनकारीको माग थियो, नत प्रदेश नं. ५ का जनता र जनप्रतिनिधिको माग छ । यो प्रस्ताव सरकारले कसका लागि र कसलाई खुसी पार्न ल्याएको हो त्यसको पुष्टि गर्नु पर्नेकुरामा जोड दिए ।
प्रदेश नं. ५ मा सबै राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले संयुक्त रुपमा विरोधमा उत्रिएको देखेर पनि सरकारले संशोधन प्रस्तावकै पक्षमा वकालत गर्नुको तुक नभएको दावी गरे ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले एमाले जहिले पनि राष्ट्रको हित हुने कुरामा एक हुने तर्क अघि सार्दै सिराह र नवलपरासीका केही ‘ठालु’ले आफ्नै सम्पत्ती प्लटिङ्ग गरे जस्तै प्रदेशको सिमाङ्कन नहुने जिकिर गरे । उनले भने–‘संविधान बनाउन तयार नहुने आन्दोन गरेर बस्ने, संविधान मान्दिन भनेर भन्ने तर सरकार निर्माण गर्नेबेलामा दौडेर मतदान गर्नेसंग जनता र राष्ट्रको हितको लागि कुनै पनि कुरा छैन ।’ उनले आफु सरकारको नेतृत्वमा आउनु अघि आन्दोलनका नाउमा ४७ जनाले ज्यान गुमाएको प्रसंग कोट्टयाउदै भने–‘ म प्रधानमन्त्री चुनिदै गर्दा संविधान मान्दैनौ भनेर आन्दोलनमा रहेका साथीहरु आफ्नै आन्दोलनका ४७ सहयात्रीको ज्यान जाँदा जसको नेतृत्वमा सरकार थियो त्यसैलाई भोट हाल्नको लागि दैडिदै सदन पुगेर मतदानमा सहभागि भए आफु अनुकुल प्रयोग पनि गर्ने अनि मान्दिन पनि भन्ने ।’
उनले एमाले सरकारमा जाँदा जहिले पनि तराई मधेशको हितमा काम गरेको उल्लेख गर्दै भने–‘हामी सरकारमा जाँदा जहिले पनि तराई मधेशको हितमा काम गरेको छ । हुलाकी सडक होस वा पूर्वपश्चिम राजमार्गदेखि सदरमुकाम जोड्नको लागि सडक तथा शहरको भौतिक पूर्वाधारको लागि ५० करोड बजेट विनियोजन गरेको छ ।’
उनले मधेशबादी दल र तीनका नेताहरुले मधेशको विकास, शिक्षा, सिंचाईलगायतको कुरामा कुनै पनि चर्चा गरेको आफुले नसुनेको दावी गर्दै भने–‘मधेशका नेताहरुले पञ्चायत यता १८ वर्षमा ५६ मन्त्रालय चलाए । तर, उनीहरुले मधेशको विकासमा कुनै एउटामात्र काम गरेको भए मलाई देखाई दिनुहोस ।’
सरकारले अघि सारेका संविधान संशोधनको प्रस्ताव बिनाशर्त फिर्ता लिएर सहमतिको बाताबरण तयार गर्नु पर्ने धारणा राख्दै उनले भने–‘सरकरले प्रस्ताव फिर्ता नलिई मुढेबल गरेमा कुनै पनि हालतमा प्रस्ताव पारित हुन हामी दिदैनौ । सदन र सडकमा राष्ट्रियताको लागि संघर्ष हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिवाद भए मनोनित नगरी अघि बढ्न एमाले अध्यक्ष ओलीको निर्देशन

२७ मंसिर २०७३, सोमबार १२:३३
उद्दघाटन सत्रपछि आईतबार थाती रहेको र विबादमा रहेका विषयलाई पुन नेतृत्वले सुल्झएमात्र बन्दशत्र सुरु गर्ने गरी असंतुष्ट समुहको तयारी रहेको बुझिएको छ । सदरलाइनडटकम २७ मंसिर, नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति कर्मचारी संगठनको अधिवेशनमा प्रतिनिधि बिवाद भए मनोनितलाई थाँती राखेर अघिबढ्न निर्देशन दिएका […]