रुकुममा एक लाख मतदाता

३० चैत्र २०७३, बुधबार ११:२१
 

सदरलाइनडटकम 

३० चैत, रुकुम : आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् ।


जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् । यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार ४३० मतदाताको सिफारिस गरेर पठाए पनि आयोगबाट तीन हजार ४९९ जनाको घटाएर अन्तिम नामावली पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिनुभयो । विसं २०७० को संविधानसभाको निर्वाचनमा भन्दा १५ हजार ४६० मतदाता यसपटक बढेका छन् । त्यतिबेला ८६ हजार ४६३ मतदाता थिए ।
यहाँको ग्रामीण क्षेत्रमा धेरैले मतदाता सूचीमा आफ्नो नाम भर्न छुटाएका बताइएको छ । कतिपयको पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएको र कतिपय रोजगारीका सिलसिलामा विदेशमा रहेकाले भोट हाल्नेको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्ष राणा

३० चैत्र २०७३, बुधबार ११:२१
सदरलाइनडटकम ३० चैत ,काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन् । महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिनुभएको हो । महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उहाँ रोलक्रममा महासङ्घको १८औँ […]

सम्बन्धित