बनेको चार दिनमै भत्कियो बाटो र नाली

; २३ भाद्र २०७७, मंगलवार १५:२०
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ को बल्दीपुर्वामा निर्माण भएको नाली चार दिनमै भत्किएको छ । डुडुवा ६ स्थित बल्दीपुर्वा गाउँमा ठेक्कामार्फत निर्माण भएको नाली ४ दिनमै भत्किएको हो ।

गाउँपालिकाकाको योजनाअनुसार ठेक्का सम्झौतामार्फत उक्त गाउँमा पिपिसि बाटो र नाली निर्माण कार्य भएको जनाइएको छ । स्थानीयका अनुसार चारपाँच दिनदेखि शुरु भएको निर्माण कार्य सकिन नपाउँदै भत्किएपछि ठेकेदारको काममाथि प्रश्न उठेको छ ।

गुणस्तरीय काम नभएको स्थानीयको आरोप छ । नालीसंगै ढलान गरिएको पिपिसि बाटोसमेत फुटेको छ । एकातिर ढलान हुँदै अर्को तिर नाली निर्माण भएको स्थानीय उमेश कुमार यादवले बताए । इलाका प्रहरी कार्यालय हिरमिनियादेखि नयाँबस्ती जाने बाटोसंगै जोडिएको बाटोको नाली भत्किएको हो ।

संरचना उचित ढंङ्गले निर्माण नभएको स्थानीय बताउँछन् । मुख्य बाटो गाउँमा भएको घरभन्दा अग्लो भएपनि मुख्य बाटोसंग जोडिएको नवनिर्मित नाली तथा पिपिसि बाटोको निकास मुख्य नालीमा ल्याइएको छ । मंगलवार बिहान परेको पानीको निकास नहुँदा स्थानीयको घरमा पानी भरिएको थियो । घरमा पसेको पानीले अन्नपात नोक्सान भएको स्थानीय उमेश कुमार यादवले जानकारी दिए ।


नाली तथा बाटोको बिषयमा वडासदस्य एवं नेपाली कांग्रेसका प्रतिनिधि नेत्रराम मोर्यले भत्किएको स्थानमा पुनः निर्माण हुने बताए । उनले काम गर्ने मानिसहरु आफ्नै घरमा बसेर काम गरिरहेकाले भत्किएको र बिग्रेको स्थानमा पुनः काम गरिने जानकारी दिए ।

वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले योजनाबारे आफुलाई जानकारी नभएको बताए । उनले योजना सञ्चालन गर्दा त्यसको लागतबारे स्पष्टरुपमा बुझ्ने गरी निर्माण स्थलमा बोर्ड राख्नुपर्ने भएपनि आफुले समेत त्यस्तो केही नपाएको बताए ।

व्यक्तिगत स्वार्थ भएकाले सूचना बोर्ड नराखिएको हुनुपर्ने वडाध्यक्ष मिश्रको आरोप छ । साथै उनले योजना सञ्चालन गराउने डुडुवा गाउँपालिकाले यसतर्फ ध्यान दिई सञ्चालित योजना पारदर्शी बनाउनु पर्नेमा जोड दिए ।

Next Post

मंगलवार बाँकेका १४ सहित ३३ जनामा कोरोना पुष्टि

२३ भाद्र २०७७, मंगलवार १५:२०
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणबाट मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा पछिल्लो पटक भएको परीक्षणबाट बाँकेका १४ जनासहित ३३ जनामा कोरोरनो पष्टि भएको हो । बाँकेको नरैनापुर, नेपालगञ्ज १, २, ४, ७, १०, १६ र १८ नम्बर वडा र एक जना उच्च अदालतका कर्मचारीमा […]

सम्बन्धित