बाँकेमा मतगणना स्थलको निर्माण अन्तिम चरणमा

सदरलाइन संवाददाता ३ मंसिर २०७९, शनिबार १८:२०
 

नेपालगञ्ज :  आइतबार सम्पन्न हुने आमनिर्वाचन सम्पन्न भएपछि मत गणनाको लागि आवश्यक तयारी बाँकेमा अन्तिम चरणमा पुगेको छ ।

३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बाँकेमा १३८ मतदान स्थलमा ३ सय ८० मतदान केन्द्रमा भएको मतदानको मतपेटिका संकलन गरि गणना गर्नको लागि संबन्धित निर्वाचन क्षेत्रमा नै तयारी अघि वढाईएको हो ।

बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश धनसिंह महरले बाँके निर्वाचन क्षेत्र नं. २ को नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयको सभा हलमा जालीको बार निर्माण गर्नुको साथै सिसिटिभि जडान समेत गरिएको जानकारी दिए ।


यसैगरी बाँके निर्वाचन क्षेत्रनं. १ मुख्य निर्वाचन अधिकृत यमप्रसाद बस्तोलाले राप्तीसोनारी गाउपालिका सभाहलमा मतगणनाको लागि जालीतारको घेराबन्दी गरी सिसिटिभि जडानलगायतको आवश्यक तयारी पुरा भएको जानकारी दिए ।

यसैगरी क्षेत्र नं. ३ को कपास विकास समितिको कार्यालय परिसरमा मतगणनाको लागि जालीतारको घेराबन्दी गरी सिसिटिभि जडानलगायतको आवश्यक तयारी अघि बढाईएको क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

तीवटै निर्वाचन क्षेत्रमा मतपेटीको सुरक्षाको लागि पनि सिसिटिभि क्यामेरा जडान गरीएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा विष्फोटपछि रोकिएको मतदान पुनः शुरु

३ मंसिर २०७९, शनिबार १८:२०
नेपालगञ्ज : बर्दिया गुलरिया–२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ । मतदान स्थल बाहिर विस्फोट भएपछि एक घण्टा मतदान रोकिएको थियो । बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारी त्रसित भएका थिए । अहिले अवस्था सामान्य भएपछि फेरि मतदान सुरु गरिएको बन्धुप्रसाद बास्तोलाले बताए […]