बर्तमान सरकार भ्रष्ट्राचार लुकाउने प्रयास गर्दैछ : अध्यक्ष ओली

सदरलाइन संवाददाता १३ श्रावण २०८०, शनिबार १६:३८
 

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार भ्रष्ट्राचार लुकाउने प्रयास गरिरहेको बताएका छन् । नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अहिलको सरकार सुशासनको पक्षमा नरहेको एमाले अध्यक्ष ओलीले बताए । अहिलेको सरकार राष्ट्र प्रतिको जिम्मेवारीबोध नभएको हुनाले जनता खुशी नभएको भन्दै उनले जनतामुखी र जनताले चाहेको सरकार नै एमाले सरकार भएको जिकिर गरे । भ्रष्ट्राचार र सुशासनको पक्षमा केही सिन्को नभाच्ने सरकार देशको विकासका लागि केही गर्न नसक्ने उनले दावी गरे ।

देशमा भ्रष्ट्राचार झनै मौलाएको हुनाले एमालेले देशको विकास र उन्नती चाहेको उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुन विना सुइको छिर्नु चानचुने कुरा नभएको उनको भनाई थियो । एयरपोर्ट जस्तो ठाउँमा सुन तस्कर हुनु शंकास्पद रहेको भन्दै अध्यक्ष ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा सय किलो सुन निकासा हुनु राज्यको संलग्नता देखिएको जिकिर गरे । बर्तमान सरकार लालची सरकार हो यसमा दुईमत नभएको उनले भने ।

एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सम्बन्धको आधारमा सिफारिस नगर्नुस् यसले आफु र पार्टीका लागि घातक बन्न सक्ने भन्दै ओलीले कुनैपनि शंकास्पदको सिफारिस गर्दा पार्टीलाई सम्झाउनुस अनि मात्र सिफारिस गर्न उनले सुझाव दिए । एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्नु हुन्न आफु बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो उनको भनाई थियो ।


अध्यक्ष ओलीले संस्थाको हितमा काम गरेर बेरूजु नलाग्ने गरि काम गर्न आग्रह गरे । एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउने तिर ध्यान दिन उनले सबै तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।

मिसन ८४ लाई लक्षित गरि ८४ सम्मको योजनाबद्व तरिकाले जनतामुखी समाजसेवामा खट्न उनले आग्रह गरे । अध्यक्ष ओलीले कुनैपनि काम गर्दा सबै प्रक्रिया पुगेको छ या छैन भन्ने बारे बेरूजु, अनियमितता समेत ख्याल गरि सतर्क रहन सुझाव दिए ।

२ दिन चल्ने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा फैलियो कन्जक्टिभाइटिस भाइरस

१३ श्रावण २०८०, शनिबार १६:३८
नेपालगञ्ज : बाँकेमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस एनिडो भाइरसको संक्रमण फैलिएको छ । नेपालगञ्जका अधिकांश विद्यालयका बालबालिकाहरु कन्जक्टिभाइटिस भाइरसको संक्रमणबाट प्रभावित भएका छन् । यो भाइरसको संक्रमण फैलिएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको छ । भिजन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.प्रचण्ड गौतमले पछिल्लो समय देखिएको आँखा […]