सपनामा ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षिकाको हत्या

एजेन्सी १७ चैत्र २०७८, बिहीबार १८:२२
 

एजेन्सी : पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्।

अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले ती २१ वर्षीया शिक्षिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

समाचार संस्था एएफपीका अनुसार अर्को मदरसाका ती तीन जना महिलाले प्रहरी बयानमा आफ्नी एक आफन्तले पीडित शिक्षिकाले ईश्वरको निन्दा गरेको सपना देखेको बताएकी छन्।


रिक्साबाट मदरसामा पुगेकी शिक्षिकालाई ती महिलाले आक्रमण गरेका थिए। घाँटीमा चक्कु हानेपछि उनको रगत बगेर मृत्यु भएको थियो।

पाकिस्तानमा ईश्वरको निन्दा आरोपमा मानिसको हत्या भएको यो पहिलो घटना होइन। तर सपनामा ईश्वरको निन्दा गरेको भन्दै शिक्षिका मारिएपछि प्रहरीले उनीहरूबीच केही व्यक्तिगत दुस्मनी थियो कि भनेर अनुसन्धान गरिरहेको छ।

अलजजिरा टेलिभिजनका अनुसार सन् १९९० यता पाकिस्तानमा इशनिन्दाको आरोपमा ८२ जनाको हत्या भएको छ। केही समयअघि एक जना श्रीलंकन नागरिकलाई ईश्वरको निन्दा आरोपमा कुटीकुटी हत्या गरेर जलाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओली र रप्रपा महामन्त्री राणाबीच भेटवार्ता

१७ चैत्र २०७८, बिहीबार १८:२२
नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीवार राती ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय […]