२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

आइतवार ऋषि पञ्चमी मनाईंदै



नेपालगञ्ज : भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आइतवार हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आइतवार बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रमा उल्लेख रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए ।

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार
ताजा समाचार