वडाध्यक्षसहित बाँकेका एघार जना कोरोनामुक्त

१ भाद्र २०७७, सोमबार १३:२१
 

नेपालगञ्ज : बाँकेमा सोमवार एक वडाध्यक्षसहित ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएपछि खजुरास्थित सुशिल कोईराला क्यान्सर अस्पतालको आईसोलेशनमा बस्दै आएका नेपालगञ्ज उपमहानगरपालिका १ का वडाध्यक्ष प्रमोद रिजालसहित ११ जनालाई सोमवार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनबाट अध्यक्ष रिजालसहित ३ जना, आर्दशनगर आइसोलेशन सेन्टरबाट ३ र लायन्स डेन्टल अस्पतालको आइसोलेशनबाट ५ जना डिस्चार्ज भएको श्रेष्ठले बताए ।


श्रेष्ठका अनुसार योसँगै बाँकेमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ४ सय ५५ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ३० पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका २ सय ७२ जनाको उपचार भईरहेको छ ।

 

Next Post

नेविसंघद्वारा क्याम्पस प्रशासनमा तालाबन्दी

१ भाद्र २०७७, सोमबार १३:२१
नेपालगञ्ज : नेविसंघले महेन्द्र बहुमुखी क्याम्पसको प्रशासन फाँटमा तालाबन्दी गरेको छ । नेविसंघ इकाई समितिले सोमवार नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको प्रशासन शाखामा तालाबन्दी गरेको हो । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै तालाबन्दी गरिएको नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयमा विधिविधानलाई तिलाञ्जली दिँदै अवैधानिक नियुक्ति […]

सम्बन्धित